२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

नेपाली समाज टेक्ससको नयाँ कार्यसमितिले पदभार ग्रहण गर्यो

नेपाली समाज टेक्ससको नयाँ कार्यसमितिले पदभार ग्रहण गर्यो

झरना अधिकारी, अमेरिका । नेपाली समाज टेक्ससको नयाँ कार्य समितिले शनिबारदेखि पदभार ग्रहण गरेको छ । भव्य समारोहबीच निर्वाचन समितिका प्रमुख बैकुण्ठ विक्रम थापाले गत डिसेम्बरमा निर्वाचित अध्यक्ष राजेन्द्र वाग्ले नेतृत्वको कार्यसमितिलाई पदभार ग्रहण गराएका हुन् ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष वाग्लेले संस्थाका सबै सदस्यहरुले गर्व गर्नेगरि नयाँ कार्यकालमा समुदायका लागि काम गर्ने प्रतिवद्धता गरे । नयाँ टिम, नयाँ स्पिरिटका साथ सबैले गर्व गर्नेगरि काम गर्ने उनले बताए । सोही अवसरमा निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी कमल सत्यालले संस्थाको नेतृत्व भन्दा बाहिर रहेर पनि समुदायका हितका लागि सहयोग गर्ने सदा तत्पर रहेको बताए ।

कार्यक्रममा बेडफोर्ड सिटीका मेयर डन कोगन, नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल लगायतले नयाँ कार्यसमितिलाई शूभकामना सहित सहकार्यका लागि तयार रहेको बताए ।

कार्यक्रममा नवनिर्वाचित महासचिव विजय भुसाललाई निवर्तमान महासचिव सन्देश उप्रेतीले संस्थाको माइन्युट हस्तान्तरण गरेका थिए । त्यस अवसरमा संस्थाको निर्वाचनमा सहयोग गर्नेहरुलाई निर्वाचन समितिका तर्फबाट प्रशंसापत्र समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij