२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

साफ च्याम्पियनसिप : भारतसँग भिड्दै छ नेपाल

साफ च्याम्पियनसिप : भारतसँग भिड्दै छ नेपाल

काठमाडौँ- साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिबार) साविक विजेता भारतसँग भिड्दै छ। खेल भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ।

आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुँदा भारत भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले हारेको थियो। नेपालका लागि अञ्जन विष्टले सान्त्वना गोल गरेका थिए।

भारतले भने पाकिस्तानलाई ४–० को फराकिलो अन्तरले हराउँदै सानदार सुरुवात गरेको थियो। साफमा सर्वाधिक ८ पटकको विजेता भारत घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ।

साफको पछिल्लो संस्करण मालदिभ्समा नेपाल र भारतले फाइनल खेलेका थिए। साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो। तर नेपाल ३–० ले हार्‍यो।

नेपाली टोली छोटो तयारीमा साफ खेल्न भारत पुगेको हो। उता भारत भने पछिल्लो समय उच्च मनोबलमा छ। साफअघि इन्टरमन्टिनेन्टल उपाधि जितेको भारत साफको उपाधि पनि घरेलु भूमिमा नै राख्ने राणनितिमा छ।

साफमा यो पटक दक्षिण एसियाका ६ टोलीसँगै लेबनान र कुवेतले पनि प्रतिस्पर्धा गरिरहेका छन्। साफको स्तरवृद्धिका लागि दुई टोलीलाई आमन्त्रण गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij